२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः लोकतान्त्रिक व्यावसायिक प्यानलको उम्मेदवारी घोषणा


बिर्तामोड, फागुन १ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक व्यावसायिक प्यानलले २१ बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको छ ।

लोकतान्त्रिक व्यावसायिक प्यानलले आज बिर्तामोडमा उम्मेदवार घोषणा गरेको हो । मुल चुनाव प्रचारप्रसार समितिका संयोजक भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उम्मेदवारको घोषणा प्रचारप्रसार समितिका संयोजक बलराम कार्कीले उम्मेदवार घोषणा गरेका थिए ।

लोकतान्त्रिक व्यावसायिक प्यानलको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल, महासचिवमा कुशल खतिवाडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल, सहकोषाध्यक्ष तिलोत्तम खत्रीको उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तै, सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer