
बिर्तामोड, फागुन ३ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ ।


आज बिहान ११ः३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो ।


सर्पले डसेर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएको थियो ।


उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।