२०८१ मंसिर १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल चिया उत्पादक संघको अध्यक्षमा आदित्य पराजुली


भद्रपुर, फागुन ४ । नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा युवा व्यवसायी पराजुलीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा शिवकुमार गुप्ता, महासचिवमा शुक्रबहादुर दाहाल, सचिवमा सागर घिमिरे, कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित भएको निर्वाधन अधिकृत गोपाल गिरीले जानकार दिए ।

त्यस्तै, सदस्यहरुमा दिपेश ढकाल, राजेन्द्रकुमार सिंह, रमेश पराजु्ली, मनोज श्रेष्ठ, सुवास शाक्य र दिपक पाठक निर्वाचित भएका छन् ।

यसअघि भएको साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन महासचिव शिवकुमार गुप्ता र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनयराज पोखरेलले प्रस्तुत गरेका थिए साधारणसभा संघका अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer