बिर्तामोड, फागुन ४ । बिर्तामोडका लागि टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० फोरभी एफआइको बिक्री सुरु गरेको छ ।
टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौँमा लन्च गरेपछि बिर्तामोडमा पनि आज एक कार्यक्रमका बीच लन्च गरिएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, पाथिभराका सञ्चालक सजेश शिवाकोटी, याम कार्की र विपिन बस्नेतले संयुक्त रुपमा मोटरसाइकलको लन्च गरिएको हो ।
यी दुवै बाईक नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखेर राइड मोड्सका साथै रेस इनेबल्ड कनेक्टिभिटीका लागि टिभिएस स्मार्ट एक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ ।
यस्तो छ मोटरसाइकलका विशेषता
टिभिएस रोनिन
उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पिडोमिटर र टि–फेस एलइडी हेडल्याम्प साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राइडरहरुलाई लक्षित गरी असाधारण सुविधाहरू समेटिएको छ ।
टिभिएस रोनिनमा २२५ सिसीमा चारवटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.४ पिएस ७७५० आरपिएमसम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपिएम पिक पावर प्रदान गर्छ । डुअल च्यानल एबिएसको साथ यसको डिस्क ब्रेकहरूले राइडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।
अपाचे आरटिआर १६० भि फोर एफआइ
अपाचे आरटिआर १६० भि फोर एफआइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचर पनि उपलब्ध गराएको छ ।
सर्वाधिक शक्तिशाली फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टिभिएस स्मार्ट कनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्टस मोटरसाइकल टिभिएस आपाचे आरटिआर १६० अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट जस्ता प्रविधिहरू रहेका छन् ।