२०८१ मंसिर १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा विद्युत प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्दै


बिर्तामोड, फागुन ५ । नेपाल विद्युत प्राधिकरणको कर्मचारी बताउँदै ग्राहकसँग ठगी गर्ने क्रम झापामा बढ्दै गएको छ ।

विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रअन्तर्गत बिर्तामोड, शनिश्चरेलगायतका स्थानहरूमा केही दिनयता “नेपाल बिद्युत् प्राधिकरणको कर्मचारी हुँ” भन्दै ग्राहकसँग प्राधिकरणको महसुल, मिटर शुल्क, ग्राहकको मिटर बिग्रेको मर्मत गर्न आएको भन्दै सोको शुल्क लगायतका प्राधिकरण सम्बद्ध भुक्तानीका लागि नगद लिई ठगी गर्ने कार्य बढेको हो ।

त्यस कार्यमा अपरिचित व्यक्ति संलग्न भएको र ग्राहक ठगिएको गुनासो आउन थालेकाले कुनै पनि प्राधिकरण सम्बद्ध भुक्तानी अनलाइन वा प्राधिकरणको आधिकारिक महसुल भुक्तानी काउन्टरबाट मात्र गर्न अनारमनि वितरण केन्द्रले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।

त्यस्ता व्यक्तिहरूले कसैसँग पनि प्राधिकरण सम्बद्ध भुक्तानीका लागि भन्दै नगद माग गरेमा नजिकैको प्रहरी कार्यालय तथा विद्युत प्राधिकरण कार्यालयमा खबर गरी त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सहयोग गरिदिन वितरण केन्द्रले आग्रह गरेको छ ।
वितरण केन्द्रले ठगी गर्दै हिँड्ने एक व्यक्तिको तस्बिरसमेत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer