बिर्तामोड, फागुन ६ । अस्ट्रेलियामा रहेका झापाबासीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाको अध्यक्षमा अशोक उप्रेती निर्वाचित भएका छन् ।
राजधानी सिड्नीमा भएको संस्थाको अधिवेशनले सन् २०२४-२०२५ कार्यकालका लागि बिर्तामोडका उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै, समाजको उपाध्यक्षमा कनकाईका ज्वलन्त खतिवडा, महासचिवमा बिर्तामोडका ज्योति सिटौला, सचिवमा बिर्तामोडका प्रकाश पौडेल र कोषाध्यक्षमा बिर्तामोडका दिपेन्द्र ओडारी निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा भद्रपुरका अमित श्रेष्ठ, कनकाईका कौशलराज सिटौला, बिर्तामोडका दिवसजंग रायमाझी, कनकाईका पेणिन्द्र निरौला, नारायण गौतम, बिर्तामोडकी सिर्जना पाण्डे प्रसाईं, दमकका कृष्ण बिमली र दिपेश मिश्र निर्वाचित भएका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष दिनेश पोखरेल, पूर्वअध्यक्षहरु दिपक खनाल, दिपक चुडाल, उमेश पोखरेल र निरञ्जन प्रसाईंलाई संरक्षक बनाइएको छ ।