बिर्तामोड, फागुन ६ । राजवंशी समाज विकास समिति बिर्तामोड नगर अधिवेशनले स्थानीय युवा देवीप्रसाद राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ ।
उपाध्यक्षहरुमा रमेश राजवंशी र जमुना राजवंशी, सचिवमा राजेश राजवंशी, सहसचिवमा सुवास राजवंशी र कोषाध्यक्षमा निलम राजवंशी चयन भएका छन् ।
सदस्यहरुमा पञ्चानन राजवंशी, डिल्ली राजवंशी, मुक्ति राजवंशी, किरणदेवी राजवंशी, हरि राजवंशी, हंश राजवंशी, बिकी राजवंशी, दिलिप राजवंशी, करण राजवंशी र जयप्रसाद राजवंशी चयन भएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
समाजका जिल्ला अध्यक्ष नौतली राजवंशीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघ जिल्ला सहसचिव कृष्ण माझीको प्रमुख आतिथ्यतामा नगर अधिवेशन सम्पन्न भएको थियो ।
नगर अधिवेशनमा बिर्तामोड नगरपालिकाको साविकका तीन वटा गाविसहरु अनारमनी, चारपाने र गरामनी गाविसका राजवंशी जग्गा दाता परिवारलाई सम्मान गरिएको थियो ।
सो क्रममा स्वर्गीय मण्डालाल राजवंशीका सुपुत्र समाजसेवी भूपेन्द्रसिंह राजवंशी, रितनबारी सिनान घाटका जग्गादाता स्वर्गीय रितन राजवंशीका छोराबुहारीहरु, स्वर्गीय सतानुसिंह राजवंशीका परिवारबाट बयोवृद्ध हिरालतादेवी राजवंशी, दुर्गालाल राजवंशीलगायत दातालाई सम्मान गरिएको थियो ।
नगर अधिवेशन राजवंशी समाज विकास समितिको २०७५ सालमा संशोधित विधानअनुसार सम्पन्न गरेको केन्द्रीय अध्यक्ष राजवंशीले जानकारी दिए ।