२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका बैंकर्ससँग झापा गोल्ड कपको छलफल


बिर्तामोड, फागुन ६ । बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आज आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता समेत जनाएका छन् ।

अघिल्ला संस्करणभन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिए ।

छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए ।

महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत मन्तव्य रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल, नेपाल एसबिआइ बैंकका असिम इङनाम र एक्सेल डेभलपमेन्ट बैंकका गजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।

त्यस्तै, गोल्ड कपका तर्फबाट सदस्य किरण श्रेष्ठ, सदस्य सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer