२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु


बिर्तामोड, फागुन ९ । पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्महत्याको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।

२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा विकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।

रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

पाँच वर्षीय वर्षाको सोही दिन मृत्यु भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer