२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पिकनिकबाट फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना


बिर्तामोड, फागुन १२ । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना भएको छ । शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । औषधि व्यवसायीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बर बस दुर्घटना भएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो । घाइतेहरूको नामावली आउन बाँकी रहेको प्रहरी निरीक्षक गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer