२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


बिर्तामोड,फागुन १४ । झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ ६ः३० बजेको समयमा कनकाई नगरपालिका ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे.१ त ११५१ नम्बरको ट्रयाक्टरले बिपरित दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय सागर मिश्र गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड ४ बस्ने ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer