२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणद्वारा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवन र शौचालय निर्माण


बिर्तामोड, फागुन २६ । प्रधान सेनापतिको कमान्ड नीति तथा मार्ग निर्देशन–२०७८ बमोजिम नेपाली सेनाको शिघ्र प्रभाव योजना कार्यक्रमअन्तर्गत झापाको बिर्तामोड १० स्थित तेलगानी पोखरी परिसरमा राधाकृष्ण मन्दिर तथा सत्सङ्ग भवनको स्तरोन्‍नति, मन्दिर परिसर सम्याउने तथा शौचालय भवन निर्माण कार्य गरिएको छ ।

गत वर्ष यही स्थानमा रहेको श्री सिंह बाहिनी दुर्गा मन्दिरको स्तरोन्‍नति, डिप बोरिङमा पाइप लाइनको विस्तार, जमिन सम्याउने र शौचालय निर्माणका कार्यहरु गरिएको थियो ।

पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) को परिकल्पना, नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाको अवधारणा र अरिदमन गण, चारआली ब्यारेक झापाका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातको पहलमा कार्यक्रम भएको हो ।

पौराणिक कथन एवम किम्बदन्तीअनुसार द्वापर युगमा विराट राजाले यस क्षेत्रमा रहेका गाईवस्तुलाई पानी खुवाउन निर्माण गरिएको एउटा पोखरी रहेको भन्ने कथन रहेको छ ।

यस कार्यले ऐतिहासिक महत्व बोकेको तेलगानी पोखरीमा आन्तरिक पर्यटनको प्रबर्धन हुनुको साथै स्थानीय तथा भक्तजनहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएको छ ।

उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नम्बर १० का वडा अध्यक्ष दूर्योधन गुरुङ, तेलगानी पोखरी संरक्षण समितिका अध्यक्ष तथा पदाधिकारीहरु, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

सोही अवसरमा बाहिनीपति थापाले यस किसिमका कार्यहरुले ऐतिहासिक महत्वका स्थलहरुको जगेर्ना हुने, आम जनचासोका पवित्र स्थलहरुको महत्व बढ्दै जाने र यस किसिमका सहकार्यले नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
आगामी दिनहरुमा पनि स्थानीयहरुको आवश्यकतालाई मध्यनजरमा राखी कार्यगत एकता गर्दै अगाडि बढ्ने बताए । उक्त कार्यक्रमको स्वागत मन्तव्य अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले गरेका थिए ।

कार्यक्रमको दौरानमा नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्ष दूर्योधन गुरुङ र पोखरी संरक्षण समितिका अध्यक्ष महेन्द्र शिवाकोटीले समेत आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको बाहिनीपतिबाट राधाकृष्ण मन्दिर, सत्सङ्ग भवन तथा शौचालयको उद्‍घाटन भएको थियो भने अरिदमन गणका गणपतिले उक्त स्तरोन्नति गरिएको मन्दिर, सत्सङ्ग भवन र शौचालयको तेलगानी पोखरी संरक्षण समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

गौरवशाली इतिहास बोकेको नेपाली सेनाले नागरिक–सैनिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले स्थानीय जनताको आवश्यकतालाई मध्यनजरमा राखी विभिन्न किसिमका कार्यहरु गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer