२०८१ कार्तिक १७ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

रुसी सेनामा रहेका झापाका अधिकारीको मृत्यु


बिर्तामोड, चैत १ । रुसी सेनामा कार्यरत एकजना झापालीको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ ।

गैरकानुनी रुपमा भर्ती भएर रुसी सेनामा कार्यरत झापाका गंगाराम अधिकारीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अधिकारीेसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म २७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer