२०८२ असार २९ आइतबार
Jhapa Today
Adv top

दलित महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम


बिर्तामोड, चैत ५ । दलित समुदायका महिलालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नम्बर १० मा सञ्चालित नेतृत्व विकास तथा उद्घोषणकला सम्बन्धी तीन दिने तालिम सोमबार (आज) सम्पन्न भएको छ ।

नारी सञ्चार गृहको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नम्बर १० को सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रममा वडा अध्यक्ष दूर्योधन गुरुङले सबैले समान रुपमा अघि बढ्न प्रयास गर्नुपर्नेमा बताए ।

सहभागीका तर्फबाट बेबिका कार्की डोली, युनिसा दर्नाल, मुना विक, मनमाया नेपालीलगायतले तालिम उपलब्धिमुलक भएको प्रतिक्रिया दिए । आगामी दिनमा पनि दलित महिलालाई अघि बढाउने प्रकृतिका कार्यक्रम ल्याउन उनीहरुको माग थियो ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा वडा अध्यक्ष गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु पृथ्वीबहादुर बस्नेत, धनमाया श्रेष्ठ, दिपिका सिवा, १० नम्बर वडा महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डेलगायतले शुभकामना राखेका थिए ।

तीन दिनसम्म सञ्चालित तालिमको सहजीकरण नारी सञ्चार गृहकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् ।

Adv footer