
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकिङ सेवा सुविधा, बचत गर्नुको महत्व, डिजिटल बैंकिङ, बैंकिङ फ्रड र त्यसको सावधानीका उपायहरु, शेयर बजार लगायतको बारेमा साक्षरता प्रदान गरेको हो ।

इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टमा कक्षा ११ र १२ मा अध्ययनरत ८० जनाभन्दा बढी विद्यार्थीलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडका शाखा प्रबन्धक दिनेश पनेरुले वित्तीय साक्षरता प्रदान गरेको बिर्तामोड शाखाका रिलेसनसिप म्यानेजर प्रमोद ढकालले जानकारी गराए ।


कार्यक्रममा इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका आलोक कार्की, निर्मल निरौलालगायतले विद्यार्थीलाई वित्तीय सारक्षता गराइदिएकोमा बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताए ।

बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको बैंकका बिर्तामोड शाखाका अपरेसन विभागका कर्मचारी सन्तोष रायले बताए ।








