२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

गोमेन्द्र महाविद्यालयद्वारा साहित्यकार आचार्यलाई ‘गोमेन्द्र सम्मान’


बिर्तामोड, चैत १० । झापा बिर्तामोडको पुरानो कलेज गोमेन्द्र बहुमुखी महाविद्यालयले साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरेको छ ।

बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औँ वार्षिकोत्सवका अवसरमा आचार्यलाई नगद २१ हजार १२१ रुपैयाँसहित गोमेन्द्र सम्मान प्रदान गरिएको हो । गोमेन्द्र बहुमुखी महाविद्यालयले २०७२ सालदेखि सो सम्मान दिँदै आएको छ ।

आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणि पोखरेल, कार्यक्रमका अध्यक्ष गोमेन्द्र बहुमुखी महाविद्यालय संस्थापक अध्यक्ष गणेशप्रसाद खनाल, क्याम्पसका प्राचार्य डक्टर रूपक खनाल, सहप्राचार्य सरू भूर्तेल खनाललगायतले नगद, दोसल्ला, सम्मानपत्रसहित सम्मान प्रदान गरेका थिए ।

साहित्यकार आचार्य विभिन्न ४० वटा पुरस्कार, सम्मान र प्रशंसाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

Adv footer