बिर्तामोड, चैत १८ । झापाको बाह्रदशीमा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सुरु भएको छ ।
बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजना गाउँपालिकामा सञ्चालित कार्यक्रमको प्रारम्भ गाउँपालिकाका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले गरेकी थिइन् ।
गाउँपालिकाका सातवटै वडाबाट ४० जना बढीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण अग्रज पत्रकार लेखक, नेपाली मौलिक परिकारका खोजकर्ता केदार शर्माले गरिरहेका छन् ।
तालिममा सहजकर्ता शर्माले निराशाबीच पनि आफैँले सोचेर हेर्न सक्दा आशा गर्ने ठाउँहरु प्रशस्तै रहेको उल्लेख गरे । समाजमा भइरहेका विकास निर्माणका चरण, विश्व परिवेशको विकास र वर्तमान परिप्रेक्ष्य, अवसर र समाजको सोचाइ, भोगाइका राम्रा नराम्रा पाटोलगायतका परम्परा र विकासको चेत, समाजको विविधता, सोचको विविधताबारे जानकारी गराएका थिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष शिवाकोटीको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले शुभकामना व्यक्त गरेका थिए ।
सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत संस्थाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् ।