२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रकम लिएको आरोप पुष्टि गर्न युवाहरुको चुनौती


बिर्तामोड, चैत २४ । झापाको बुद्वशान्तिका युवाहरुले सोही स्थानका एक व्यक्तिको निजी जमिनबाट पुरुवा बिक्री प्रकरणमा कमिसन लिएको भन्ने आरोपको चर्को विरोध गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा बुद्वशान्तिका युवाको सेटिङमा गैरकानुनी रुपमा पुरुवा उत्खनन गरेको समाचार प्रकाशित भएको थियो । सेटिङमा पुरुवा उत्खनन गरेको आरोपको उनीहरुले खण्डन गरेका हुन् ।

बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर उनीहरुले अभियोग पुष्टि गर्न चुनौती दिएका छन् । अन्यथा कानुनी कारबाहीमा जाने पत्रकार सम्मेलनमा बताइएको छ ।

केही दिनदेखि बुद्वशान्ति–७ का माधव अर्यालको निजी जमिनको पुरुवा उत्खनन गरेर निर्माणाधीन एसियन हाइवेमा प्रयोग भइरहेको छ ।

’हामीमाथि कमिसन खाएको भन्दै समाचार प्रसारण गरियो, यो आरोप प्रमाणित गर्न सम्बन्धित सञ्चारमाध्यमलाई अनुरोध गरेका छौँ, बुद्वशान्तिका युवा नवराज लिम्बूले भने, ’हामीमाथि लागेको आरोप प्रमाणित भए हामीलाई कारबाही होस, अन्यथा भ्रामक समाचार प्रसारण गर्ने सञ्चारकर्मीलाई कडा कारबाही हुनुपर्छ ।’

अभियोगको प्रशासनले छानबिन गर्नुपर्ने माग रहेको उनीहरुको भनाइ छ । ’हामी सिडियो कार्यालय गयौँ, छानबिन गर्न अनुरोध गरेका छौँ, बुद्वशान्तिका युवा बालकुमार राईले भने, ‘त्यहाँबाट न्याय मिलेन भने पत्रकार महासंघ र प्रेस काउन्सिलमा उजुरी हाल्छौँ ।’ सत्य तथ्य पत्ता लगाएरै छोड्ने अठोट लिएको उनले बताए ।

’हामीले रकम लिएको भन्ने समाचार आएपछि आफैँ छक्क पर्यौं, कतै हाम्रो नाममा रकम असुलिरहेका पो छन् कि ! भनेर खोजी गर्यौं, बुद्वशान्तिका युवा विनोद नेम्वाङले भने, ’हाम्रोतर्फबाट त्यस्तो चलखेलमा कसैको संलग्नता नदेखिएपछि स्पष्ट पार्न यो पत्रकार सम्मेलन गरेका हौँ ।’ उनले अभियोग प्रमाणित नभएसम्म पुरुवा ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

केही दिनअघि आर्थिक चलखेलका कारण गैरकानुनी रुपमा पुरुवा उत्खननमा सरोकारवालाको मिलेमतो रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएको थियो । त्यसपछि बुद्वशान्तिका युवाले समाचार भ्रामक रहेको भन्दै चलखेलको प्रमाण सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer