२०८१ मंसिर १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

विज्ञ लिएर किसानका गोठगोठमा सहारा नेपालको टोली


बिर्तामोड, चैत २५ । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सम्पन्न गरेको छ ।

झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर बुद्धशान्ति, शिवसताक्षी र कनकाईका किसानका गोठगोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवम अनुगमन गरिएको हो ।

सहारा नेपाल साकोसको कृषि तथा वातावरण उपसमितिको अगुवाइमा नेदरल्यान्डबाट आएका पशुविज्ञ डक्टर गेरेट टेकनको सहजीकरणमा गोठगोठमा पुगेर प्राविधिक सहयोग गरेको समितिका संयोजक राजकुमार ओलीले जानकारी दिए ।

नेपालकै ठुलो र सफल मानिएको सहारा नेपालले किसानका बाख्रा, गाई, भैँसीमा देखिएका समस्याहरूलाई समाधान गर्ने लक्ष्यका साथ विदेशी विज्ञसहितको सेवा सुरु गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

समितिले झापाका आफ्ना विभिन्न समूहहरूलाई टोलटोलमा पुगेर विज्ञसहितको सेवा प्रदान गरेको र किसानका समस्याहरुलाई आफूहरुले मसिनो गरी समाधान गर्नको अभियान थालिएको कृषि युनिट प्रमुख डक्टर कमलेश्वर भाटले जानकारी दिए ।

त्यस्तै, विज्ञसहितको टिमले बुद्धशान्तिका सिर्जनशील सहारा कृषक समूह र प्रकृति सहारा कृषक समूहका किसानहरूसँग समेत अन्तरक्रिया गरेको छ ।

पशुपालनमा गोठ सुधार, नश्ल सुधार तथा कम लागतमा हुने खुराक र घाँसको व्यवस्थापनलाई सहजीकरण गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको बालीविज्ञ राजेन्द्रकुमार खरेलले बताए ।

सहारा नेपालका सञ्चालक तथा समितिका फोकल पर्सन शंकर रिजालले आफूहरुले बाख्राको मासुमा मात्रै भर नपरेर अबको दिनमा बाख्राको दूधलाई समेत बजार खोज्दै दूध दिने किसिमका बाख्राहरूको पालन गर्नेगरी योजना अघि सारिएको जानकारी दिए ।

नेपालकै ठुलो र एसियाभरि नाम कमाउन सफल सहारा नेपालले किसानहरूलाई करिब ४ अर्ब रूपैयाँ लगानी गरेको र किसानको जीवनस्तर उकास्न विज्ञ टोलीहरूको समेत सहयोग लिएर अगाडि बढ्न खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer