२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युवा उद्यमी मञ्च झापाद्वारा आगलागीपीडितलाई राहत सामग्री वितरण


बिर्तामोड, चैत २६ । झापाको अर्जुनधारा ११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ ।

तीन दिनअघि बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र बद्री दर्जीको काठले बनेको २ वटा घर जलेर नस्ट भएका थिए ।

मञ्चको झापा च्याप्टर अध्यक्ष प्रवेश बस्नेतको अगुवाईमा आज पीडित परिवारलाई खाद्यान्न लगायत राहत समग्री हस्तान्तरण गरिएको हो ।

मञ्चले खाना पकाउने भाँडा, कपडा, रासनका सामग्री प्रदान गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । राहत विरतणमा मञ्चका सदस्यहरु विशाल बिमली, मनोज चौधरी, मनिष साहेवाला, अजित ढुंगाना, गणेश पौडेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer