२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा दाह्रा काटिएको हात्ती मृत भेटियो


मेचीनगर, बैशाख ४ । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत भेटिएको छ ।

मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो ।

‘हात्तीको अवस्था हेर्दा मरेको अन्दाजी ३० घण्टाजति भयो,’ वन प्रमुख राईले भने, ‘दाह्रा काटिएको सुन्नमा आएको छ, घटनाको विस्तृत विवरण भोलि पोस्टमार्टम गरेपछि मात्र खुल्छ ।’

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए ।

योसँगै जिल्लामा २०६२ सालयता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको जनाइएको छ ।

Adv footer