२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण


बिर्तामोड, बैशाख ९ । निर्वाचित भएको ५३ दिनपछि बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले आइतबार पदभार ग्रहण गरेको छ । राजु न्यौपाने नेतृत्वको कार्यसमितिले आज एक औपचारिक कार्यक्रमका बीच पदभार ग्रहण गरेको हो ।

२०८० फागुन १४ मा भएको निर्वाचनबाट न्यौपाने नेतृत्वको समिति निर्वाचित भएको थियो । फागुन १६ गते मतपरिणाम आएको थियो । संघका अध्यक्ष प्रकाश शिवाकोटीले नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई पदभार सुम्पिएका हुन् ।

अध्यक्ष न्यौपानेले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । यसअघि निर्वाचन समितिका संयोजक नारायणप्रसाद पौडेलले अध्यक्ष न्यौपानेलाई सपथ गराएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार विल्सनविक्रम राई, सञ्चारकर्मी विष्णु श्रेष्ठ, व्यवसायी कुमार निरौलालाई सम्मान गरिएको थियो ।

निर्वाचनबाट अध्यक्षमा राजु न्यौपाने, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा युवराज निरौला, सहकोषाध्यक्षमा तिलोत्तमा खत्री निर्वाचित भएका थिए ।

सदस्यमा अनन्तलाल महतो, कृष्णप्रसाद बजगाईं, केदार खनाल, डिल्लीराम कोइराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, सत्रुघनप्रसाद गुप्ता, सुशीलाकुमारी कार्की र सुष्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।

Adv footer