२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका वडा अध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध उजुरी


बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ ।

उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका हुन् ।

वडा नम्बर ७ कै देउनिया घाटमा मलामी घर निर्माणका क्रममा वडा अध्यक्ष खरेल र कार्यपालिका सदस्य खतिवडामाथि स्थानीय गणेश कालिकोटे, नन्दु उप्रेती र दाताराम आचार्यले भौतिक आक्रमण गरेका थिए ।

उप्रेतीले वडा अअध्यक्ष खरेललाई छातीमा आक्रमण गरेको स्थानीयले बताए । कार्यपालिका सदस्य खतिवडालाई कालीकोटे र आचार्यले हातपात गरेका थिए ।
स्थानीय होम आचार्यको सिमानासँग जोडिएको उक्त घाटमा आचार्यले नै अरुलाई उक्साएर तनाव सिर्जना भएको हो ।

उनीहरुले मलामी घर निर्माणको विरोध गर्दै आएका छन् । ऐलानी जग्गामा रहेको खाली झुप्रो घर हटाएर मलामी घर निर्माण गर्न लागेपछि उनीहरु आक्रोशित भएका हुन् ।

खाली झुप्रोका घरधनीलाई यसअघि नै नगरपालिकाले घर बनाइदिएर अन्यत्र सारेको छ । घाट निर्माणमा तनाव उत्पन्न भएपछि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला पनि पुगेका थिए ।

मलामी घर निर्माणका लागि यस आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र काम अघि बढाउँदा आक्रमण भएको वडा अध्यक्ष खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer