२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आमाको स्मृतिमा केरुङ परिवारद्वारा विद्यार्थीलाई स्कुल ब्याग


दमक, बैशाख २९ । झापाको कमल गाउँपालिकाका एक केरुङ परिवारले दिवंगत आफ्ना पितृको स्मृतिमा सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ ।

तीन वर्षअघि निधन भएकी गौमाया केरुङको स्मृतिमा परिवारले कमल-५ स्थित मंगलमय माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना फरक क्षमता भएका विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेका हुन् ।

विद्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच सो सहयोग सामग्रीहरु स्वर्गीय केरुङकी कान्छी छोरी तथा ज्वाइँ चेसुङ लिम्बू, विष्णु सुब्बा, साइँली बुहारी डम्बरकुमारी लिम्बूसहित विद्यालयका निमित्त प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेल, निर्वतमान प्रधानाध्यापक मोहन बगाले, पूर्वप्रधानाध्यापक ओमप्रसाद खनाललगायतले ब्याग हस्तान्तरण गरेका थिए ।

दाता परिवारले दिवंगत आमा गौमायाको स्मृतिमा बर्सेनि सामाजिक कार्यहरु गर्दै आएको छ । गत वर्ष भने केरुङ परिवारले दमक-९ को दमक बाल आश्रम, दमक-४ को रत्न ज्येष्ठ नागरिक वृद्धाश्रमसहित दुईजना असहाय रोगीलाई नगद तथा सहयोग सामग्रीहरु वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer