२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल आइडलमा झापाकी इशालाई भोट गर्न अपिल


बिर्तामोड, बैशाख ३० । गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापा बिर्तामोडकी इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार भेटघाट कार्यक्रम गरेर ‘इशा सुवेदी जिताऔँ अभियान’ ले भोट गर्न झापालीसहित सबै नेपालीहरुमा अपिल गरेको हो ।

अभियानका संयोजक तथा गायिका सुवेदीका दाजु विराज सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशालाई भोट गरी नेपाल आइडल सिजन ५ को विजेता बनाउन अनुरोध गरे ।

प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीतप्रेमीहरुलाई भोट उनले गर्न अपिल गरेका छन् ।

कार्यक्रममा बिर्तामोड क्षेत्रका अगुवा युवा तथा संगीतकार प्रकाश लिङदेनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताएर कला क्षेत्रमा स्थापित गर्नुपर्नेमा जोड दिए । कोशी प्रदेशबाट एक मात्र प्रतियोगी इशालाई जिताउन सबैको साथ सहयोग आवश्यक रहेकाले भोट गर्न उनले अपिल गरे ।

सनलाइट म्युजिक विद्यालयकी सञ्चालिका हेमा भण्डारी योञ्जनले गायन क्षेत्रमा इशाले राम्रो सम्भावना बोकेकी बताइन् । ‘गायन क्षत्रेमा इशाको क्षमता र योग्यता धेरै उत्कृष्ट छ’, उनले भनिन्, ‘उनलाई जिताउन हामी सबै लाग्नुपर्छ ।’

संगीतप्रति रुचि र लगाव भएकी इशाले सनलाइटमा लामो समयदेखि साधना गर्दै आएको बताउँदै उनले इशालाई कला क्षेत्रमा स्थापित गराउन पनि नेपाल आइडलको सिजन ५ मा जिताउनुको विकल्प नभएको बताइन् ।

सामान्य परिवारकी बिर्तामोड निवासी इशा प्रोभिडेन्स कलेजकी स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुचि राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् ।

उनलाई जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले प्रचारप्रसार र भोटिङका लागि अपिलसँगै गीतसंगीतप्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगसमेत संकलन गरिरहेको छ ।

इशालाई भोट गर्न इसेवा, मोबाइल एसएमएस र मोमो एपबाट भोट गर्न सकिन्छ । इसेवाको नेपाल आइडल सिजन–५ मा गएर भोटिङ आइडी ०२ कोडमा भोटिङ गर्न सकिन्छ भने एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer