२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा एकै परिवारका पाँचजना हात्तीपाइलेका संक्रमित


दमक, बैशाख ३० । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा हात्तीपाइले रोगको संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन् ।

दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधि सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु भेटिरहेका छन् ।

दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने गरेको उनको भनाइ छ । योपटक ९० प्रतिशत पुर्याउने लक्ष्य भए पनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताए ।

समाजमा प्रतिष्ठित तथा बुज्रुकहरुले समेत औषधि सेवन गर्न नमान्ने गरेको उनले जानकारी दिए । जानेबुझेका र पढेलेखेकाहरु नै औषधि सेवन नगर्नेमा बढी रहेका उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer