२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

दमक बहुमुखी क्याम्पसमा इलाइब्रेरी सञ्चालनमा


दमक, बैशाख ३० । करिब छ हजार विद्यार्थी अध्ययनरत झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि इलाइब्रेरी सञ्चालनमा ल्याइएको छ ।

क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला व्यवस्थापन उपसमितिले आज एक कार्यक्रमबीच इलाइब्रेरी सञ्चालनमा ल्याएको हो ।

इलाइब्रेरीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले शिक्षण सिकाइलाई प्रविधियुक्त र प्रभावकारी बनाउन यस कार्यले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

लाइब्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार सुरुवातीका क्रममा पाँचवटा कम्प्युटर राखेर इलाइब्रेरी सञ्चालनमा ल्याइएको छ । आवश्यकताअनुसार थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको उनको भनाइ छ ।

उनले इलाइब्रेरीबाट विद्यार्थीहरुले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्स लगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताए ।

क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक वेदु गौतमको अध्यक्षतामा भएको इलाइब्रेरी उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका सदस्य गेहनाथ पोखरेल लगायतले इलाइब्रेरीको महत्व र उपयोगिताको विषयमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer