२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नर्स दिवसमा नगर अस्पतालका नर्सलाई वीरता जेसिजको सम्मान


बिर्तामोड, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वीरता जेसिजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगदसहित सम्मान गरेको छ ।

एक कार्यक्रमका बीच वीरता जेसिजले नगर अस्पतालमा कार्यरत बिर्तामोड-३ निवासी नर्स उप्रेतीलाई नगद १० हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।

नगर अस्पतालमा आयोजित कार्यक्रममा अन्य नौजना नर्सहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ दिवस मनाइएको अध्यक्ष विकास बस्नेतले जानकारी दिए ।

नगर अस्पतालमा कार्यरत नर्सहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डक्टर सिपी यादव, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, जेसिजका पूर्वअध्यक्ष मिजास पोखरेल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवनकुमार खड्का, संघका महासचिव कुसल खतिवडा शुभकामना व्यक्त गरेका थिए ।

जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आस्था वाचन सुशील थापाले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक प्रभात मास्केले र धन्यवाद कोषाध्यक्ष टिकाराम खतिवडाले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer