२०८२ बैशाख १० बुधबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट घट्यो ब्रोकर कमिसन


बिर्तामोड, जेठ १ । आजबाट ब्रोकर कमिसन १० प्रतिशतले घटेको छ।

वैशाख २३ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो।

यससँगै आजबाट ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ।

यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिसन लाग्नेछ।

यसअघि ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्ने गरेको छ।

त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्ने गरेको छ।

Adv footer