२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा अध्यक्ष कप भलिबलमा झापा, मोरङ र सोलुखुम्बु विजयी


बिर्तामोड, जेठ २ । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् ।

हिजो मंगलबार साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा भोजपुरलाई २–१ को सेटमा हराँउदै झापा रातो विजयी भएको हो ।

झापा रातोले भोजपुरलाई २०–२५, २५–२२ र २५–१५ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच झापा रातोका अमृत मल्ल ठकुरी भए ।

त्यस्तै, हिजै भएको दोस्रो खेलमा मोरङले तेह्रथुमलाई २–० को सोझो सेटमा हराउँदै विजयी भयो । मोरङले २५–१९ र २५–१४ को सोझो सेटमा तेह्रथुमलाई हराएको हो । खेलको प्लेयर अफ द म्याच मोरङका सुसान राई भए ।

तेस्रो खेलमा संखुवासभालाई २–० को सोझो सेटमा हराउँदै सोलुखुम्बुले जितको सुरुवात गर्यो । खेलको प्लेयर अफ द म्याच सोलुखुम्बुका विष्णु बस्नेत भए ।

चौथो खेलमा आयोजक झापा निलोले २–१ को सेटमा चितवनलाई हराउँदै विजयी सुरुवात गरेको छ । खेलका प्लेयर अफ द म्याच झापाका भरत यादव भए ।

पहिलो चरणका सम्पूर्ण खेलहरु बेस्ट अफ थ्रिका आधारमा खेलाइएको छ । दोस्रो चरण अर्थात आजबाट बेस्ट अफ फाइभका आधारमा खेलहरु हुनेछन् ।

उत्कृष्ट चारबाट सुपर लिगको आधारमा अंक जोडेर उत्कृष्ट दुई टिमबीच फाइनल खेलाइने आयोजक समितिले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ६५ हजार पाउनेछ भने र उपविजेता टिमले १ लाख १ हजार, ट्रफी, मेडल, प्रमाणपत्र पाउने समितिले जनाएको छ ।
सेमिफाइनलबाट बाहिरिने दुपै टिमलाई नगद १५/१५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ११ हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो र उत्कृष्ट ब्लकरलाई नगद ५ हजार ५५५ प्रदान गरिनेछ ।

खेल सञ्चालक समितिका अध्यक्ष रोहित शिवाकोटीको अध्यक्षता र झापा गाउँपालिकाका कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन अनोज ताम्लीले गरेका थिए । कार्यक्रमको स्वागत सञ्चालक समितिका सल्लाहकार संयोजक गजेन्द्र ताम्लीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer