२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला


दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो ।

लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य कार्यशाला गोष्ठी सुरु भएको गौरादह जेसिजका अध्यक्ष खड्ग थापाले बताए ।

दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउन, निबन्ध प्रतियोगिता, स्कुलमा गएर सचेतना फैल्याउने, वक्तृत्वकला प्रतियोगिता तथा नाटक प्रदर्शनमध्ये नाटक प्रदर्शन रोजेर सोहीअनुसार अघि बढिएको अध्यक्ष थापाले बताए ।

२२ जना सहभागी रहेको नाट्य कार्यशाला जेठ ८ गतेसम्म चल्ने र जेठ ९ गतेदेखि विद्यालय, अभिभावक शिक्षक र विद्यार्थीहरूलाई लक्षित गरेर प्रदर्शनी गरिने अध्यक्ष थापाले जानकारी दिए ।

वर्ष २०२४ भरि लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान सञ्चालनअन्तर्गत राय, सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम, समुदायकेन्द्रित सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer