
बिर्तामोड, जेठ ४ । झापा कमलका समिर श्रेष्ठको गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय श्रेष्ठको हिजो दिउँसो ३ बजे मृत्यु भएको हो ।
समिर पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ठुलीआमाको घरमा बस्दै आएका थिए । समिर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए ।
नदीमा डुबेर अचेत अवस्थामा भेटेर स्थानीयको सहयोगमा समिरलाई उद्धार गरी छेपेटार मेमोरियल अस्पताल लगिएको थियो ।
त्यहाँबाट रिफर गरी गोरखा अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । समिरको शवलाई अन्त्येष्टिको लागि झापाको कनकाई माईको मुक्तिघाटमा लगिने आफन्तले बताएका छन् ।