२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा खानेपानीमा चुनावः खड्काको नेतृत्वमा उम्मेदवार सार्वजनिक


मेचीनगर, जेठ ६ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि सुदर्शन खड्का (माइला) को नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।

आज काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर खड्का अध्यक्ष रहेको प्यानल नै घोषणा गरिएको हो । संस्थामा यसअघि दुईवटा प्यानलले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खड्का प्यानलको उपाध्यक्षमा कृष्ण सुवेदी (किरण), सचिवमा नरेन्द्र शिवाकोटी, कोषाध्यक्ष सुधादेवी खड्कालाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै, सदस्यहरूमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवाल थापा उम्मेदवार बनेका छन् ।

लेखा समिति संयोजकमा भेषराज ओली र सदस्यमा विनोद बानियाँलाई चुनावमा उठाइएको छ । यो प्यानलले तीनजनाको लेखा समितिमा २ जना मात्र उम्मेदवार घोषणा गरेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा करिब ८ हजार उपभोक्ता रहेका छन् । अघिल्लो निर्वाचनमा ५ हजार २७८ मतदाता रहे पनि ३ हजार ९५७ ले मात्र मतदान गरेका थिए ।

संस्थाले जेठ ६ गतेभित्र नयाँ धारा जडान गर्ने, नामसारी गर्ने र मतदाता परिचयपत्र बनाउने उपभोक्तालाई मात्र निर्वाचनमा सहभागी गराउने जनाएको छ । संस्थाको २८ औँ साधारणसभाले यही जेठ २६ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer