२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यसोदा निरौला स्मृति प्रतिष्ठानद्वारा शव वाहन सञ्चालनमा, विपन्न परिवारलाई निःशुल्क सेवा


बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोड –५ मा रहेको यसोदा निरौला स्मृति प्रतिष्ठानको शव वाहन सञ्चालनमा आएको छ । प्रतिष्ठानले यशोदा निरौलाको नवौँ स्मृति दिवसको अवसर पारेर शव वाहन सञ्चालनमा ल्याएको हो ।

आज (सोमबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर शव वाहनका बारेमा प्रतिष्ठानले जानकारी दिएको छ । अति विपन्न परिवारलाई निःशुल्क सेवा प्रदान गर्ने र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिने उदेश्यले शव वाहन सञ्चालनमा ल्याएको प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिए । उनले भने “आर्थिक अवस्था कमजोर भएकै कारण शव लान बोलाएको शव वाहनको भाडा तिर्न सम्म पैसा नभएर फर्काउने गरेको धेरै घटनाहरु देखेपछि प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । ”

सुत्केरी उपचारका क्रममा २०७२ साल जेठ ७ गते बिर्तासिटी अस्पतालमा यसोदा निरौलाकोे निधनपछि अस्पतालले दिएको ५ लाख र परिवारले ५ लाख थपेर स्थापना गरेको अक्षयकोषमा अहिले १५ लाख रुपैयाँ भएको परिवारले जनाएको छ ।

यसोदाको निधनपछि परिवारले प्रतिष्ठानको स्थापना गरी विभिन्न सामाजिक कार्य गर्दै आएको छ । संस्थाले आगामी दिनमा कोषलाई बृद्धि गरी गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै काम गर्ने लक्ष्य रहेको छ ।

संस्थाको कोषको व्याज र नपुगेको रकम परिवारले थपेर ७ लाख रुपैयाँमा सुविधा सम्पन्न शव वाहन खरिद गरेको प्रतिष्ठानका सचिब तथा यसोदाका श्रीमान रमेश निरौलाले बताए ।

प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचिव रमेश निरौलाले गरेको थिए भने सञ्चालन संस्थापक अध्यक्ष विष्णुकुमार निरौला गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer