२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारीमा हिँड्दाहिँड्दै ढलेका पैदलयात्रीको मृत्यु


मेचीनगर, जेठ ११ । झापाको मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै ढलेका एकजना पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

स्थानीयले गर्मी र उच्च तापक्रमका कारण ती पैदलयात्री पुरुषको मृत्यु भएको अनुमान लगाएका छन् । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

आज अपरान्ह मेचीनगर-९ का लाहुरे नामले चिनिने अन्दाजी ७० वर्षका गौरीनारायण श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवास्थामा भेटिएका थिए ।

छिमेकीका अनुसार आज दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुन सक्ने अनुमान गरिएको छ ।

उनलाई उपचारको लागि नजिकै रहेको मेची आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer