२०८१ असार ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा मालपोतले १० महिनामा उठायो पौने ६४ करोड राजस्व


बिर्तामोड, जेठ १२ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिनाको अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत साउनदेखि बैशाख मसान्तसम्ममा मालपोत कार्यालय भद्रपुरले उक्त रावस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शेरबहादुर भण्डारीका अनुसार सेवा करबापत ५ करोड ९२ लाख ३४ हजार ३८४, रजिस्ट्रेसन दस्तुरबापत ३९ करोड १७ लाख ८७ हजार १०५, छुटबापत ५ करोड १० लाख ५४ हजार १०४ राजस्व संकलन भएको छ ।

त्यस्तै, डोर सुविधा शुल्कबापत १ लाख ६५ हजार, पुँजीगत लाभकरबापत २३ करोड ६६ लाख ७३ हजार ८३० र बिलम्व शुल्कबापत ९५ हजार ५०६ रुपैयाँ संकलन भएको भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० मा मालपोत कार्यालय भद्रपुरले ४३ करोड २० लाख ९२ हजार ६१५ रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यो वर्ष सस्तो भाउमा जग्गाको धेरै कारोबार भएकाले राजस्व बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer