२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनकी अभिषालाई ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’


मेचीनगर, जेठ १६ । झापाको मेचीनगरमा रहेको इस्ट होराइजन अंग्रेजी माविकी विद्यार्थी अभिषा घिमिरे प्रादेशिक विद्यार्थी ललितकला पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ मा सहभागी इस्ट होराइजनकी विद्यार्थी घिमिरे पुरस्कृत भएकी प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

उनी कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मा सहभागी विद्याथीहरूमध्येबाट पुरस्कृत भएकी हुन् । अभिषा इस्ट होराइजनमा ललितकला विषयकी कक्षा १२ की विद्यार्थी हुन् ।

जेठ १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनलाई प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, उपकुलपति लालकाजी लामा, कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer