२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा हावाहुरीको वितण्डाः शिवम प्लाई उद्योगमा डेढ करोडको क्षति


मेचीनगर, जेठ १६ । मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुरीले झापा मेचीनगरको एक भेनियर उद्योगमा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ ।

मेचीनगर-१० लालपानीमा रहेको शिवम प्लाई उद्योगमा एक करोड ५० लाख रुपैयाँबराबरको भौतिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो उद्योगको सञ्चालक मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईं हुन् । भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा डेढ करोड रुपैयाँ क्षति पुगेको हो ।

प्रगति टोलमा रहेको जयश्री हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको छ । डिल्लीराम श्रेष्ठले सञ्चालन गरेको सो भेनियर उद्योगको ७ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, कामदार बस्ने कटेज, पिलिङ मेसिन, चाइनिज मेसिनसहित उद्योगको दुवैपट्टिको टिनको छानामा क्षति पुगेको छ ।

त्यस्तै, मेचीनगर–१० लालपानीमा रहेको सिद्धविनायक भेनियर उद्योगको १ ट्रक (ट्रकमा लोड गर्दा हुने परिणाम) भेनियर पत्ता, उद्योगको टिनको बेरा र छाना उडाउँदा १० लाख रुपैयाँ क्षति भएको सञ्चालक श्याम न्यौपानेले बताए ।

त्यस्तै, मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छानो हुरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौँ घरमा क्षति पुगेको छ ।

धुलाबारी इलाका प्रहरी कार्यालयको ब्यारेकको फल्स सिलिङसहित छानो उडाएको छ भने अमित सुर्खेतीले सञ्चालन गर्दै आएको क्यान्टिनको छानो उडाउँदा ८० हजार क्षति भएको छ ।

मेचीनगर-८ इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्तापाताको छानो हुरीले क्षति पुर्याएको छ ।

मेचीनगर-१० का मेदनी खनालको घरको जस्तापाता उडाउँदा ५० हजार र राधिका राजवंशीको टिनको छानो भएको घर र पसलमा एक लाख बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer