बिर्तामोड, जेड १८ । कोही मानिसहरु मध्यरातमा बिउँझिने गर्छन् । ब्युँझिएपछि फेरि निदाउन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरेका हुन्छन् ।
यहाँ हामीले मस्त निद्राबाट ब्युँझिदा गर्नै नहुने कामका बारेमा केही जानकारी दिन खोजेका छौँ ।
– राति ब्युँझिएपछि चुरोट कहिल्यै पिउनु हुँदैन । चुरोट पिउनाले फेरि निद्रा पर्न गाह्रो हुन सक्छ । किनभने चुरोटमा हुने निकोटिनले निद्रामा प्रभाव पार्ने गर्छ ।
चुरोट पिउनु आफैँमा हानिकारक हो भने मध्यरातमा चुरोट पिउनु झनै हानिकारक मानिन्छ ।
– प्रायः मानिसको रातको समयमा चिया कफी सेवन गर्ने बानी नै हुन्छ यस्तो बानी बेलैमा सुधार्नु उचित हुन्छ । किनभने चिया कफीमा अधिक मात्रामा हुने क्याफिनले निद्रा भंग पारिदिन्छ ।
– कसैकसैलाई आधार रातमा निद्राले छोडे या भोक लागे खानेकुरा खाने बानी हुन्छ । यसरी रातको समयमा खानेकुरा खानाले मोटोपना बढाउँछ ।
– राति निद्रा नपर्दा कतिपयले रक्सी तथा मादक पदार्थ सेवन गर्ने गर्छन् । यसले केही समयमै निद्रा लागे पनि भित्रभित्रै असर पु¥याइरहेको हुन्छ । रक्सी सेवन गरेर सुत्दा बिहान शरीर भारी र आलस्य हुन्छ ।
– रातको समय ब्युँझिएपछि टिभी हेरेर बस्नु उचित हुँदैन । मानिसहरु टिभी हेर्दाहर्दै निदाइन्छ भन्ने सोच्छन् तर यो गलत हो । टिभी हेर्नाले झनै निद्रा बिग्रिन्छ ।
पछि सपनामा पनि टिभीमा देखेका कुराहरु आउँदा थकित महसुस हुनुको साथै दिमागको थकान मेटिँदैन ।