२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मीसँगै बढ्यो आइसक्रिमको व्यापार


बिर्तामोड, जेठ १८ । पछिल्लो समय गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ ।

गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको मनकामना आइसक्रिम उद्योगका सञ्चालक पदम बुढाथोकीले बताए ।

बिर्तामोडमा सबैभन्दा बढी स्वाद र प्रकारमा आइसक्रिम उत्पादन गर्दै आएका बुढाथोकीका अनुसार बिर्तामोडसहित झापाको तापक्रम उच्च रहँदा आइसक्रिम बिक्री पनि बढेको छ ।

उद्योगबाट गर्मी बढेसँगै दुई दर्जनभन्दा बढी प्रकार र स्वादका आइसक्रिम तथा सम्बन्धित पदार्थ उत्पादन हुँदै आएको बुढाथोकीले बताए । उद्योगमा दैनिक तीन सय लिटर दूध खपत हुँदै आएकोमा बढेर पाँच सय लिटर भएको छ ।

प्रतिगोटा १० रुपैयाँदेखि २०० रुपैयाँसम्मका आइसक्रिमका पारखीहरु बालबालिकादेखि बृद्धसम्म सबै खाले मानिस रहेको बुढाथोकीले बताए ।

गर्मी बढ्दै जान थालेपछि टाढाबाट आवतजावत गर्ने यात्रु र स्थानीयबासीले आइसक्रिम खाने गरेका छन् । आइसक्रिम खाएर केहीबेर शीतल महसुस गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer