२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाबाट सवा १२ लाख रुपैयाँको ५३ बोरा सुपारी नियन्त्रणमा


मेचीनगर, जेठ १८ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले राजश्व छलेको आशंकामा ५३ बोरा सुपारीसहित एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ ।

नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ किलो सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप गाडी नियन्त्रणामा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले पिकअपका चालक बुद्धशान्ति ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई पनि नियन्त्रणमा लिएको छ ।

आज दिउँसो १ः४० बजेको समयमा मेचीनगर-६ भट्टराईचोकमा राजश्व छली नेपालमा उत्पादित सुपारी ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा सुपारी नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले इटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको पिकअप गाडीलाई शंका लागेर जाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा भिसिटिएस पानबिलमा १२ लाख २५ हजार रुपैयाँबराबरको बिल भए पनि आधिकारिक भिसिटिएस अनलाइन बिल थिएन ।

नियन्त्रणमा लिइएको सुपारीसहित गाडी र गाडी चालकलाई कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer