२०८२ बैशाख ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वाञ्चल विश्वविद्यालय र १३ वटा कम्पनीबीच सम्झौता


बिर्तामोड, जेठ २१ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, सङ्कायगत आदानप्रदान लगायतका क्षेत्रमा काम गर्नेगरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।

विश्वविद्यालयले लिपफ्रग टेक्नोलोजी, इन्फो डेभलपर प्रालि, ओम फर्मास्युटिकल्स एन्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, एफवान सफ्ट, द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौँ सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि र नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एन्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एसासिएट मुम्बईलगायतका संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

एनएमबी बैंकसँगको समझदारीअनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म आधारदरमा दुई प्रतिशत नबढ्ने गरी अध्ययन कर्जा उपलब्ध गराउने भएको विश्वविद्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

यसैगरी, अन्य कम्पनीसँगको सम्झौताअनुसार विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धान तथा प्राज्ञिक अभ्यास र तालिम आदिमा सहयोग प्राप्त हुनेछ। सो सम्झौतापत्रमा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापछि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलति प्राडा विजुकुमार थपलियाले सम्झौताले विश्वविद्यालय तथा सम्बद्ध कम्पनी दुवै पक्षको हित हुने विश्वास व्यक्त गरे। यस सम्झौताबाट विश्वविद्यालयको प्राज्ञिक एवम अनुसन्धानका क्षेत्रमा सहायता पुग्ने भन्दै यसबाट आफूलाई खुसी लागेको उनले बताए।

Adv footer