२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणले गर्‍यो विपदको पूर्वतयारी अभ्यासको प्रस्तुतीकरण


बिर्तामोड, जेठ २१ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतीकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ ।

मनसुनको सुरुवातसँगै झापामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा गर्नुपर्ने समन्वयात्मक कार्यमा सहज होस् भन्ने उद्देश्यका साथ आज अभ्यास सञ्चालन गरिएको हो ।

कार्यक्रममा झापा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालगायत झापाका सुरक्षा प्रमुख, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, विभिन्न पालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले आरम्भ गरेको कार्यक्रममा जिल्ला प्रशासन, सुरक्षा निकाय लगायत सरोकारवाला संघसंस्थाहरुले विपद व्यवस्थापनको पूर्वतयारी, हालको अवस्था र क्षमताको सम्बन्धमा प्रस्तुतीकरण समेत दिएका थिए ।

कार्यक्रममा आधारित रहेर भोलि जेठ २२ गते मेचीनगरस्थित निचाझोडा सिमसार क्षेत्रमा विपद् व्यवस्थापन सम्बन्धी बृहत डेमोस्ट्रेसन र वृक्षरोपण कार्यक्रम आयोजना गरिएको नेपाली सेना चारआली ब्यारेकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer