
मेचीनगर, जेठ २१ । झापाको मेचीनगर ९ धुलाबारीमा रहेको हिमालयन अंग्रेजी हाई स्कुल आयोजना छन्द कविता प्रतियोगितामा इशान सिटौला प्रथम भएका छन् ।


कक्षा-७ का छात्र सिटौलाले आज सम्पन्न प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।



त्यस्तै, प्रतियोगितामा कक्षा-७ की छात्रा उजाष्मा खनाल दोस्रो, कक्षा-८ की छात्रा निरमा आचार्य र कक्षा-७ की छात्रा साइसा सापकोटा तेस्रो भए ।



प्रतियोगितामा पहलो चरणबाट ३० जना प्रतियोगी विद्यार्थी दोस्रो चरण प्रवेश गरेका थिए । त्यस्तै, १२ जना प्रतियोगी विद्यार्थीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा भएको फाइनल राउन्ड तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पर्शुराम तिम्सिना, कवि जयप्रसाद आचार्य, विद्यालयका निर्देशक धनराज थापालगायतले विजेतालाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरेका थिए ।


कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका आशा पौडेलले गरेकी थिइन् ।
