२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीका सहकारीलाई कोपोमिस सम्बन्धी तालिम


बिर्तामोड, जेठ २१ । हल्दिबारी गाउँपालिका क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम सुरु भएको छ ।

पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरु तालिममा सहभागी भएका छन् ।

सहकारीका नियमन क्षेत्राधिकार, वित्तीय सुरक्षालगायतका विषयमा दमक नगरपालिकाबाट आएका प्रशिक्षक घनेन्द्र रिजालले प्रशिक्षण दिएका थिए ।

सहकारी संस्थाहरूको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय पक्षहरूको सम्पर्क सिस्टममार्फत केन्द्रसँग जोडिने भएकाले संस्थाको आर्थिक पारदर्शिता कायम राख्न मद्दत पुग्ने तालिको उद्देश्य रहेको छ ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर १ का वडा अध्यक्ष देवीबहादुर थापा, २ का वडा अध्यक्ष सुकलाल राजवंशी र वडा नम्बर ४ वडा अध्यक्ष सन्तकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत वनले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण सहकारी शाखा प्रमुख कविता कर्णले गरेकी थिइन् ।

हल्दिबारी गाउँपालिकाभित्र स्थापना भई पालिकाकै क्षेत्राधिकारभित्र दुईवटा वटा ज्येष्ठ नागरिक र तीनवटा महिलाहरूले मात्रै सञ्चालन गरेको र बाँकी १० वटा अन्य सहकारी संस्थाहरू सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer