२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ, नाम गोप्य राखेर अनुसन्धान गर्दै डिभिजन वन


बिर्तामोड, जेठ २१ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । 

सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डिभिजनले भने पक्राउ परेका व्यक्तिहरूको नाम गोप्य राखेर अनुसन्धान गरिरहेको छ । 

वनमा केही रुख काटिएका ठुटाहरूको आधारमा र सामुदायिक वनका काठ पनि हराएकोले आरोपीहरूमाथि २०८० चैत ४ मा वन पैदावार काटी हानी नोक्सानी गरेको तथा कोष हिनामिना गरेको आरोपमा मुद्दा दर्ता भएको वनका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । 

मुद्दा दर्तापछि २०८१ जेठ १३ गतेका दिन सात जना र जेठ १८ गतेका दिन एक जनालाई पक्राउ गरिएको थियो । उनीहरू सबैलाई घरबाट पक्राउ गरी डिभिजन वनमा ल्याएको सूचना अधिकारी पुरीले बताइन् । 

उनीहरूमाथि अनुसन्धान सुरु भइसकेको छ । अहिले तीन वटा मात्र ठुटा भेटिएको र हिसाबमा पनि फरक देखिएपछि कति परिमाणको काठ बिक्री गरेको बारेमा अनुसन्धान प्रक्रियामै रहेको उनले बताइन् ।

यता डिभिजन वन प्रमुख मेघराज राईले  मुद्दा दर्ता गराई अदालतमा म्याद थप भइसकेको र अनुसन्धानको प्रक्रियामा रहेकोले उनीहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताए । अदालतबाट फैसला भएर आएपछि मात्र नाम सार्वजनिक गर्न मिल्ने कानुनी प्रावधान रहेको उनको दाबी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer