२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकप क्रिकेट विजेताले ३२ करोड रुपैयाँ पाउने


बिर्तामोड, जेठ २२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसिसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ ।

आइसिसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशि घोषणा गर्ने क्रममा विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर अर्थात झन्डै ३२ करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यससँगै उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

सेमिफाइनलमा पराजित हुने टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्दा सुपर ८ मा प्रतिस्पर्धा गर्ने टोलीले पनि कम्तिमा ५ करोड रुपैयाँ पाउनेछन् ।

विश्वकपको समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँ पाउँदा हरेक समूहको पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन् । हरेक टोलीले विश्वकपमा खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल यसपटक विश्वकपको समूह डि मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले पहिलो खेल मंगलबार खेल्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः१५ बजे (स्थानीय समय बिहान १०ः३० बजे) सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer