२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा उद्घोषण तथा माइन्युट लेखन सम्बन्धी तालिम


बिर्तामोड , जेठ २३ । झापाको बिर्तामोड-१० मा उद्घोषण, माइन्युट लेखनसम्बन्धी तालिम सुरु भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा भएको तीन दिने तालिमअन्तर्गत फर्दर करियरसम्बन्धी सहजीकरण द हिमालयन मल्टिपल कलेज धुलाबारीका सहायक प्रधानाध्यापक सागर शिवाकोटीले गरेका थिए ।

विद्यार्थी र टोल विकास संस्थाका प्रतिनिधिहरु लक्षित गरी आयोजना गरिएको तालिममा ६४ जनाको सहभागिता रहेको थियो ।
नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

सञ्जु शिवाकोटीले स्वागत गरेको कार्यक्रममा संस्थाकी पूर्वअध्यक्ष अम्बिका भण्डारीले औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा वडा सदस्य पृथ्वी बस्नेत र महेन्द्रज्योति माविका सहायक प्रधानाध्यापक भवानी शिवाकोटीले शुभकामना व्यक्त गरेका थिए ।

संस्था सहसचिव ज्योस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको संयोजक टिका पोखरेल र सञ्जु शिवाकोटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer