
बिर्तामोड, जेठ २५ । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ ।


आज एक कार्यक्रमका बीच बिर्तामोड १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास बल प्रदान गरेको हो ।


जेसिजका अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा कार्यक्रममा पूर्वअध्यक्ष सजेश शिवाकोटी, राष्ट्रिय फुटबल टिमका पूर्व सहायक प्रशिक्षक प्रवेश कटवाल, वडा सदस्य पृथ्वी बस्नेत, क्लबका कोषाध्यष प्रभात मुखिया, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

