२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सुरुंगाको हिरो सोरुम सर्यो आफ्नै भवन कुमुदिनीमा


बिर्तामोड, जेठ २५ । झापाको कनकाई-३ सुरुङ्गामा मधुवन ट्रेडर्सद्वारा सञ्चालित हिरो मोटरसाइकलको स्वरुम आफ्नै भवनमा सरेको छ ।

पुरानो ठाउँ पूर्वबस स्ट्यान्ड दक्षिणबाट आफ्नै कुमुदिनी भवनबाट सेवा सुरु गरेको सञ्चालक कुमारमणि पोखरेलले जानकारी दिए ।

विभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका व्यवसायी पोखरेलले मोटरसाइकल बिक्रीबाट नाफाभन्दा पनि सेवाग्राहीलाई सुविधा दिँदै आएको बताए । पोखरेलकी श्रीमती सरला दाहाल पोखरेलले पनि व्यवसायको बृद्धि–विकासमा महत्वपूर्ण सहयोग गर्दै आएकी छन् ।

सुरुङ्गा जेसिज, कनकाई उद्योग वाणिज संघ र रोटरी क्लब कनकाई सुरुङ्गाको नेतृत्वमा रही सफलता हाँसिल गरिसकेका पोखरेल हाल नेपाल उद्योग वाणिज महासंघ कोशी प्रदेशको उपाध्यक्ष पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer